१ सय रुपैयाँले घट्यो मंगलबार सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १ सय रुपैयाँले घटेर १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख २३ हजार ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १८ हजार ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय १३ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्