मंगलबार सेयर बजारमा हरीयाली, नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा कायम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ४ कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । सो कम्पनीको २८ करोड ३१ लाख ५५ हजार ८ सय २ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बुटवल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सेयर बजारमा ज्योति विकास बैंक बोन्ड २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्