बुधबारको मौसम पूर्वानुमान: हिमाली भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । बुधबार दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै, कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । माहाशाखाका आुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राती कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागको मौसम सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मुलुकका विभिन्न ठाउँमा वर्षा, हुस्सु र कुहिरो तथा हिमपातको सम्भावना रहेकाले यसको असरबाट बच्न महाशाखाले सबैलाई आग्रह गरेको छ ।

बुधबार सूर्यास्त साँझ ५ बजेर ३२ मिनेटमा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्