ज्यान मार्ने धम्की दिँदै फिरौती रकम माग्ने ३ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका-२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १का २६ वर्षीय दीपक विक र वडा नं २६का २५ वर्षीय सागर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका-१ मा व्यापार गर्ने करन गुप्तालाई ज्यान मार्ने धम्की दिँदै फिरौती रकम मागेका थिए । अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुविरुद्ध अपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्