वडाध्यक्ष बादे १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका-९का वडाध्यक्ष नृपेश बादे पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४२ वर्षीय वडाध्यक्ष नृपेश बादेलाई १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि वडाध्यक्षले घुस लिएको अख्तियारले जनाएको छ । उनलाई मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको हो ।

अख्तियारले वडाध्यक्ष बादेसँगै आएका बा ७ च १२९ नम्बरको कार चालक बाह्रबिसे नगरपालिका-७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका वडाध्यक्ष बादेको साथबाट घुसको १५ लाख रुपैयाँ, स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार बरामद गरिएको अख्तियारले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्