राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणमा बजेटको कमी हुँदैन: मन्त्री बस्नेत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणमा बजेटको कमी हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

मन्त्री बस्नेतले बिभिन्न सिँचाइ आयोजनाहरू लामो समयदेखि निर्माणाधीन रहेको भन्दै उक्त आयोजनाहरूलाई बजेटको कमी हुन नदिने जानकारी दिएका छन् । सिँचाइ आयोजना निर्माणलाई निरन्तरता दिइएको र पूर्ण रुपमा सम्पन्न नभएपनि जनताले भने त्यसबाट लाभ लिइरहेको उनले बताएका छन् । मन्त्री बस्नेतले राष्ट्रिय गौरवका सिँचाइआयोजना निर्माणमा केही ढिलाई भएकाले समयतोकेरै सम्पन्न गर्नेगरी काम अघि बढेको धारणा राखेका छन् ।

यस्तै, उनले सुख्खा याममा विद्युतको आयात घटाउन उत्पादन बढाउनुपर्ने र जलाशययुक्त आयोजनाहरूमा ध्यान दिनुपर्ने बताएका छन् । जलाशाययुक्त आयोजनाहरू निर्माण गर्दा लागत महङ्गो हुन जाने र नाफा पनि कम हुने भएकाले त्यस्ता आयोजनामा लगानी आकर्षित गर्न नसकिएको मन्त्री बस्नेतको भनाई छ ।

समिति सभापति दिल कुमारी रावलले राष्ट्रिय गौरवका आयोजनामा बजेटको कमी हुन नदिने प्रतिवद्धता सरकारबाट आएपनि बजेट अभावको गुनासो आउने गरेकाले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्