ब्रोकाउलीको मूल्य बढ्यो, आइतबार अन्य तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ, लोकल सानो गोलभेडा १५, भारतीय ठूलो गोलभेडा ५०, टनेल सानो गोलभेडा १५, अदुवा १ सय ५०, रातो आलु ३६, रातो भारतीय आलु ३० रुपैयाँमा कारोबार हुँदा लौका ६०, स्थानीय काउली ३५, स्थानीय काउली(ज्यापु) ५०, ब्रोकाउली ६०, कागती १ सय ६०, हरियो खुर्सानी ५०, माछे हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

आइतबार कुरिलोको मूल्य प्रति केजी २ हजार रुपैयाँ, लोकल बन्दा २५, लोकल गाजर प्रतिकेजी ३५, तराई गाजर ३० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १५, गान्टे मूला ५०, लोकल घिउ सिमी ४०, टाटे सिमी ५०, राजमा घिउ सिमी १ सय १०, हरियो फर्सी लाम्चो ४०, पाकेको फर्सी ४०, डल्लो हरियो फर्सी ४० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । तोरीको साग ४०, रायो साग ३०, चमसुर, पालुँगो, मेथी र सौफको साग ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज गुन्द्रुक २ सय ५०, डल्ले च्याउ ३ सय, कन्य च्याउ १ सय २०, शरीफा २ सय ५०, भारतीय सुकेको प्याज ७८, चाइनिज प्याज ६०, हरियो प्याज १ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । पुदीना ३ सय २० रुपैयाँ केजी, चाइनिज सुकेको लसुन २ सय ४०, हरियो लसुन ९०, नेपाली सुकेको लसुन २ सय ६०, चुकुन्दर ७०, तामा ९०, तोफु १ सय २०, तिते करेला १ सय १०, भिण्डी ७०, पिंडालू ७०, स्कूस ३०, बरेला ३०, बकूला ६०, सेलरी १ सय ५०, पार्सले ३ सय २०, इमली १ सय ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार हरियो अंगुर न्यूनतम मूल्य प्रतिकेजी १ सय ८० रुपैयाँ, कालो अंगुर २ सय ८०, केरा १ सय २०, अनार २ सय ५०, किवि ३ सय, आभोकाडो २ सय ५०, अमला ८० र अम्बा १ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यस्तै, स्ट्रबेरीको न्यूनतम मूल्य ३ सय रुपैयाँ, रुख कटहर १ सय रुपैयाँ, भुई कटहर १ सय ५०, मौसम १ सय ३०, लोकल काक्रो १ सय ३०, हाइब्रीड काक्रो ४०, जुनार २ सय २०, नेपाली मेवा ६०, भारतीय मेवा ७० र लप्सी ७० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्