संघीय संसदमा महासचिव नियुक्तीबारे राष्ट्रपतिलाई ‘स्मरण पत्र’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘स्मरण पत्र’ पठाएका छन् । संघीय संसदमा महासचिव नियुक्त गर्ने विषयमा उनीहरुले राष्ट्रपतिलाई ‘स्मरण पत्र’ पठाएका हुन् ।

लामो समयसम्म पनि राष्ट्रपति कार्यालयले महासचिव नियुक्ति प्रक्रिया अघि नबढाएपछि सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले ‘स्मरण पत्र’ पठाएका हुन् ।गत मसिंर २४ मा भरतराज गौतमले महासचिव पदबाट राजीनामा दिएपछि रिक्त पदमा अझै नियुक्ति गरिएको छैन ।

आइतबार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँगको छलफलका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख घिमिरेले संसदको महासचिव नियुक्तिका विषयमा आफूले सिफारिस गरिसकेको बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्