सोमबारको मौसम: पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । सोमबार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, सोमबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हिमपातको सम्भावना रहेको छ । देशभर चिसो बढि रहेको हुँदा यसको असरबाट बच्न महाशाखाले सबैलाई आग्रह गरेको छ । साथै, तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने हुँदा यातायात सेवामा प्रभाव पर्नसक्ने भएकाले सावधानी अपनाउन महाशाखाको सबैलाई अनुरोध गरेको छ ।

आज सूर्यास्त साँझ ५ बजेर ३६ मिनेटमा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्