कारोबारको तेस्रो दिन सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख १८ हजार ४ सयरुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार ५ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११७४.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्