मंगलबार सामान्य अंकले घट्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको  कारोबारको तेस्रो दिन (आज) मंगलबार सेयर बजारमा मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १० कम्पनीको १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजारमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । सो कम्पनीको ५५ करोड ९ लाख ८० हजार रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी नाफा चन्द्रागिरी हिल्स् लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा मिद सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मूल्य ६.२० प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्