मानुङकोटले देशकै पर्यटनमा योगदान पुर्‍याउँछ: मन्त्री आचार्य

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले मानुङकोटले देशकै पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने बताएका छन् । तनहुँको व्यास नगरपालिकाले मंगलबार आयोजना गरेको ७औँ व्यास नगर अल्ट्रा म्याराथनको व्यास नगरपालिका-५ मानुङकोटमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री आचार्यले मानुङ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको र यसले देशको पर्यटन क्षेत्रमा योगदान दिने उल्लेख गरेका छन् । उनले भने, ‘पछिल्लो समय मानुङकोट देश तथा विदेशमा प्रख्यात भइरहेको छ । यसले तनहुँको मात्रै समृद्धिमा टेवा दिँदैन देशकै समृद्धिमा योगदान दिन्छ ।’
मानुङकोटमा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले सङ्घ सरकारकोसमेत यसमा समर्थन रहने जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्