कारोबारको अन्तिम दिन ५.७४ अंकले बढ्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १७ कम्पनीको ९ करोड १७ लाख १७ हजार १० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजारमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको १ करोड ८८ लाख ७९ हजार २ सय ५२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी समाज लघुवित्त वित्तीय संस्था कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम ३ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर ९.९७ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्