विद्यालयको बसको ठक्करबाट युवकको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका-२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले बिहीबार ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो ।

धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार बा२प ७६० नं को बसले साइकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुरमा ससुरालीमा बस्दै आएका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदा बाटोमै मृत्यु भएको हो ।

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका-५का रामजस मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्