धार्मिक गतिविधिले सकारात्मक सोच र सही मार्गमा हिँड्न प्रेरित गर्छ: उपराष्ट्रपति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक गतिविधिले मानवलाई सकारात्मक सोच र सही मार्गमा हिँड्न प्रेरित गरिरहेको बताएका छन् । वीरगञ्ज महानगरपालिका-१४ पीपरास्थित चिनी मिल परिसरमा आइतबारदेखि सुरु भएको सीताराम नाम सङ्कीर्तन महायज्ञ १ सय ८ कुन्ज एवं नौ दिवसीय श्री विष्णु महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उपराष्ट्रपति यादवले महायज्ञ, भूमिपुजनलगायतका धार्मिक अनुष्ठानले मानव मानवबीच सद्भाव कायम गर्न र मानवलाई सही मार्गमा हिँड्न प्रेरित गरिरहेको जनाएका छन् । आपसी खिचातानी, मनमुटावलगायतका कारण समाजमा अशान्ति बढिरहेका बेला यस्तो धार्मिक अनुष्ठानले शान्ति, अमचयन र भातृत्व प्रबद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, उनले महायज्ञले शान्ति कायम गर्न र पारस्परिक एकता प्रर्वधन होस् भन्ने कामनासमेत गरेका छन् ।

यस्तै, कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले धर्मले सत्यको बाटोमा हिँड्न प्रेरित गर्ने गरेको बताउँदै धर्मलाई जोगाउन धर्मगुरुको योगदान महत्वपूर्ण रहेको चर्चा गरेका छन् । कार्यक्रममा उपराष्ट्रपति यादवले महायज्ञ सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । वरिष्ठ कथावाचिका साधवी लक्ष्मी माता तथा अन्य कथावाचकद्वारा नौ दिनसम्म सञ्चालन हुने महायज्ञमा दश लाख श्रदालु भक्तजन सहभागी हुने अनुमान गरिएको महायज्ञ व्यवस्थापन समितिका संयोजक रामप्रवेशप्रसाद कुर्मीले जानकारी दिएका छन् ।

महायज्ञमा नौ दिनसम्म श्रीराम नाम जप, रामचरित्र मानष पाठ, कथा बाचन, रासलिलालगायतका धार्मिक सांस्कृतिक कार्यक्रम आयोजना हुने संयोजक कुर्मीको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्