३ सय रुपैयाँले घट्यो मंगलवार सुनको मूल्य, चाँदीको मूल्य भने स्थिर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलवार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, मंगलबार ३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ९ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ४ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९६ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्