पर्यटन व्यवसायीद्धारा बन्दीपुर गाउँपालिकालाई १ करोड रुपैयाँ बराबराको जग्गा दान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि रु १ करोड बराबराको जग्गा दान गरेका छन् । मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

अहिलेको चलनचल्तीको मूल्य रु १ करोड बराबराको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाको भनाइ छ । बन्दीपुरको केन्द्र मानिने स्थानमा बहुमूल्य जग्गा उपलव्ध गराएर जग्गादाता श्रेष्ठले ठुलो योगदान गरेका थिए । त्यसैगरी जग्गा प्राप्तसंगै आर्कषण सांस्कृतिक भवन निर्माण गरेर बन्दीपुरको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउन सहयोग मिलेको छ ।

यस्तै, भवनको पहिलो तलामा ३ सय जना क्षमताको सभाहल निर्माण गर्ने योजना बनाएका छन् । उनले भने, ‘भवनको दोस्रो तलामा विभिन्न जातजातिका कलासंस्कृति झल्किने संग्रहालय निर्माण गरेर राखिनेछ ।’ गाउँपालिकाभित्रका सबै जातजातिको कला संस्कृतिको संरक्षण र प्रर्बद्धनमा सहयोग पुग्ने उद्देश्य अनुरुप आफूले खुशी मनले जग्गादान गरेको जग्गादाताले बताएका छन् ।

गाउँपालिका कार्यालयमा सांस्कृतिक भवन निर्माणका लागि गत वर्ष रु।७० लाख विनियोजन भएकामा जग्गा नहुँदा रकम ‘फ्रिज’ भएको बताउँदै उनले अब त्यस्तो नहोस् भनेर जग्गा उपलव्ध गराएको स्पष्ट पारेका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्