बिहीबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौ दिन (आज) बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ११ हजार ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ६ सय ९५ रुपैयाँ र चाँदीको मूल्य १२ सय रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्