बीमा प्राधिकरणद्धारा वार्षिकोत्सवको अवसरमा लेख रचना उपलब्ध गराउन अनुरोध…(सुचनासहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी जेठमा हुने ५६औं वार्षिकोत्सवको अवसरमा प्रकाशित बीमा समाचार र विचार विशेषाङ्कको लागि लेख रचना उपलब्ध गराउन अनुरोध गरेको छ । प्राधिकरणले एक सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

नेपाल बीमा प्राधिकरणले समग्र अर्थतन्त्र,बीमा, बैंक वित्त, पूँजी बजार, व्यवस्थापन र सूचना प्रविधिलगायतका विषयसँग सम्बन्धीत लेख रचनाहरु समावेश गरी ‘बिमा समचार र विचार विशेषाङ्क’ प्रकाशन गर्न लागेको जनाएको छ । लेख रचना पठाउन इच्छुकहरुले २ सय शव्दसम्मको लेख रचना लेख्न सक्नेछन् । साथै, उक्त रचना नेपाली भाषा, अङग्रेजी, प्रिति वा टाइम् न्यु रोमन फन्डमा हुनुपर्नेछ । सो लेख रचना चैत मसान्तसम्म प्राधिकरणको इमेलमा पठाउन सकिने प्राधिकरणले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ ।

यसैगरी इच्छुक व्यक्तिहरुले इमेल ठेगनामा आफ्नो लेख रचनासँगै पासर्पोट साइजको फोटो र सम्पर्क नंबरसहित पठाउन अनुरोध गरेको छ । साथै, विशेषांकमा प्रकाशनका लागि छनौटमा पर्ने लेख रचनावापत लेखकलाई प्राधिकरणले पारिश्रमिकसमेत दिने व्यवस्था गरेको छ ।

त्यसैगरी लेख रचना छनौट तथा प्रकाशनको सम्पूर्ण अधिकार प्राधिकरण रहने छ । प्राधिकरणले प्रकाशित गरेको लेख रचना उपलब्ध गराउने सम्बन्धी सार्वजनिक सुचना:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्