ऋण हिनामिना गरेको आरोपमा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । ऋण प्रवाहमा भएको कमजोरीको अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकको पत्राचारका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले न्यौपानेलाई पक्राउ गरेको हो ।

उनी तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सीईओ थिए । राष्ट्र बैंकले उनीसहित १२ जनालाई बैंकिङ कसुर अन्र्तगत कारवाही गर्न प्रहरीलाई पत्राचार गरेको हो । यसैगरी नाताले एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको भाञ्जा रहेका न्यौपाने हाल प्रभु बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

सेन्चुरी बैंककै पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेको स्रोतले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्