मंगलबार ९.३४ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ८६ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबार अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.४६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १४ कम्पनीको ५ करोड २३ लाख ९ हजार ४ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ८६ करोड ९८ लाख १३ हजारमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । उक्त कम्पनीको १४ करोड १९ लाख ६२ हजार ६ सय ९० रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा चिरख्वा हाइड्रोपावर लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ५.०६ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्