बुधबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौँथो दिन (आज) बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १३ हजार ४० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ८ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७९ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्