उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली चैत्र २२ गते प्रकाशन हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली चैत्र २२ गते प्रकाशन गर्ने भएको छ ।  आयोगले वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि चैत्र २२ गते अन्तिम नामावली प्रकाशन गर्ने जनाएको हो ।

प्रदेशसभा सदस्य चयनका लागि इलाम-२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ को १ मा १५ वैशाखमा हुने निर्वाचनका लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८० स्वीकृत भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् । त्यसैगरी स्वीकृत कार्यक्रम अन्तर्गत १८ फागुनमा आयोगको वेबसाइट मतदाता नामावली प्रकाशन गरिने छ ।

उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २९ फागुनदेखि ५ चैत्रसम्मको अवधि निर्धारण गरिएको उनले जानकारी दिएका छन् । सो अवधिमा निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिनेछ ।

यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानून बमोजिम छानविन गरी मतदाता नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ । अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली २२ चैत्रमा प्रकाशन गरिने कार्यक्रम रहेको प्रवक्ता पौडेलको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्