नेपाल प्रहरीद्धारा स्रोत नखुलेको १४ लाखसहित एक जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । स्रोत नखुलेको १४ लाखसहित एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीले सर्लाहीबाट स्रोत नखुलेको १४ लाख १० हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको हो ।

सर्लाही लालबन्दी-१४ स्थित लखन्देही खोलामा प्रहरी चौकी पथ्थरकोटबाट खटिएको गस्ती टोलीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले प्र.२-०३-०११ प ८३५७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलमा अवैध रूपले स्रोत नखुलेको १४ लाख १० हजारसहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।

उनका अनुसार पक्राउ पर्नेमा मोटरसाइकल चालक जिल्ला सर्लाही लालबन्दी-१४ बस्ने ४६ वर्षीय धनबहादुर पाख्रिन रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीमा पक्राउ परेका पाख्रिनको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्