प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति र एमाले अध्यक्ष ओलीबीच छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्रीले कांग्रेस सभापति र एमाले अध्यक्ष ओलीसँग छलफल गरेका छन् । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छुट्टाछुट्टै छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथमा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन छ ।

सोही विधेयकमाथि छलफल गर्न आइतबार समितिको बैठक बस्दैछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्