राष्ट्र बैंकका गभर्नर भन्छन्: ‘सीआईबीले सहकारीको अनुसन्धान गर्दा बैंकर पक्राउ परेका हुन्’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीआईबीले सहकारीको अनुसन्धान गर्दा बैंकर पक्राउ परेको बताएका छन् । संसदीय समितिमा भएको आइतबारको छलफलमा उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारीको अनुसन्धान गर्दा बैंकरसमेत पक्राउ परेको बताएका हुन् ।

राष्ट्र बैंकका गभर्नरले सीआईबीले बैंकको अनुसन्धान गर्दा होइन, सातदोबाटोमा रहेको देउराली सहकारीको अनुसन्धान गर्दा त्यसको लहरो तत्कालीन सेन्चुरी बैंक र हालको प्रभु बैंकसम्म आइपुगेको जनाएका छन् । बैंकर पक्राउ परेको विषयमालाई प्रष्ट पार्दै राष्ट्र बैंकले प्रहरीसँग पनि समन्वय गरेको गभर्नरको भनाइ छ ।

गभर्नरले भने, ‘बैंकिङ कसुरजन्य कार्य गरेको खण्डमा प्रहरीले अनुसन्धान गर्छ । प्रहरीले देउराली बहुउद्देश्यीय सहकारीको अनुसन्धान गर्दै जाँदा बैंकका कर्मचारीसम्म पुगेको हो ।’ गभर्नरका अनुसार प्रहरीले एकै पटक बैंकर समातेको जस्तो देखिए पनि उक्त विषयमा प्रहरीले धेरै पहिलेबाट नै अनुसन्धान गरिरहेको र अनुसन्धानको अन्तिम चरणमा पुगेकाले बैंकर पक्राउ परेका हुन् । साथै, सरकारी निकायले गरेको अनुसन्धानमा राष्ट्र बैंकले सहयोग गर्ने राष्ट्र बैंकका गभर्नरको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्