सोमबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूलो गोलभेडा ६०, अदुवा २ सय, रातो आलु ३२, रातो भारतीय आलु ३४ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ४०, लौका ६०, कागती २ सय २०, लोकल काँक्रो १२०, सुकेको खुर्सानी ४ सय, हरियो खुर्सानी १ सय १० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यसैगरी तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २८, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी १ सय ५० रुपैयाँ, राजमा घिउ सिमी १ सय २० रुपैयाँ र टाटे सिमी १ सय रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ५० रुपैयाँमा भइरहेको छ । आज  तोरीको साग ४० रुपैयाँ, रायोको साग ५० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ९० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।

समीतिले सार्वजनिक गरेको मुल्य सुची अनुसार सोमबार गुन्द्रुक २ सय ५० रुपैयाँ, भारतीय सुकेको प्याज ८४, हरियो प्याज ८० र पुदिना २ सय ५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २ सय २०, हरियो लसुन १ सय २० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी १ सय र हरियो धनियाँ १ सय रुपैयाँ पाइने समितले जनाएको छ ।

सोमबार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १ सय २०, कालो अंगुर १ सय ८०, केरा १ सय २० रुपैयाँ दर्जन, अनार २ सय ८०, अम्बा १ सय ४०, नेपाली सुन्तला १ सय ५०, आभोकाडो ५ सय र स्ट्रबेरी भुईऐसेलु २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, ताजा छडी माछा ३ सय रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २ सय ६०, रहु माछा ३ सय ५० र मंगुरी माछा ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्