‘नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्यो’: सचिव पौडेल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘वामपन्थी दलहरु एक होउन् भन्ने नेपाली जनताको चाहना हो । वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त ‘स्टेप’ चालिएको हो ।’ विगतका त्रुटि कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल भएको उनको भनाइ छ ।

यसैगरी सचिव पौडेलले भने,’कुनै न कुनैबेला ‘ब्रेक थ्रु’ गर्न त्यस्तो समयको आवश्यकता पर्छ । राजनीतिक यात्रामा अवरोध आएपछि नयाँ अध्याय सुरु हुन्छ । यो कुनै नयाँ विषय होइन, बीचमा केही टुटेको थियो, यो विगतकै निरन्तरता हो ।’ नेकपा (एमाले) सहितको नयाँ गठबन्धन कायम भएसँगै समाजवादी मोर्चा नेपाल पनि निरन्तर रहन उनको भनाइ छ ।

‘समाजवादी मोर्चामा रहेका अन्य दलका शीर्ष नेता पनि वामपन्थी नै छन्, सबै पार्टीलाई सँगसँगै लिएर अघि बढ्छौँ’, सचिव पौडेलले भने ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्