मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.अङ्कुरप्रसाद साह नियुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.अङ्कुरप्रसाद साह नियुक्त भएका छन् । सहकुलपति एवं प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा अङ्कुरप्रसाद साह उपकुलपतिमा नियुक्त भएका हुन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा साहलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा.साहको नाम एक नम्बरमा सिफारिस गरेका थिए । प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा.साह प्रतिष्ठानका निमित्त उपकुलपति थिए । गत २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधनपश्चात् प्रतिष्ठानमा उपकुलपति पद रिक्त थियो ।

त्यस्तै, उक्त रिक्त रहेको पदमा उपकुलपति नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो । उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए । मन्त्रालयका अनुसार उपकुलपतिका लागि डा.रमेशप्रसाद सिंह (सर्लाही), डा.योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा.पशुपति चौधरी (सुनसरी), डा.राजेन्द्रप्रसाद साह (पर्सा), डा.गौरीशङ्कर साह (सुनसरी), डा.विद्यानाथ यादव (सप्तरी), डा.रोहितप्रसाद यादव (रौतहट), डा.अङ्कुरप्रसाद साह (धनुषा) र डा.सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्