शिव मनि ट्रान्सफरमा ५२ लाख रुपैयाँ लुटपाट, ३ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रौतहटको परोहा नगरपालिका-९ खापचोकस्थित शिव मनि ट्रान्सफरमा लुटपाट भएको छ । शुक्रबार दिउँसो ३ जना लुटेराहरुको समूहले मनि ट्रान्सफरमा ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।

हातहतियारसहित मोटरसाइकलमा आएका उक्त व्यक्तिहरुले लुटपाटका क्रममा मनि ट्रान्सफरमा गोली प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार शिव मनि ट्रान्सफरको सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको हो । लुटेराहरुले प्रहार गरेको गोलीले साहको कान छेडिएको छ । घाइते साहलाई हाल उपचारका लागि वीरगन्ज पठाइएको छ ।

त्यस्तै, लुटपाटमा संलग्न लुटेराहरु घटनाको केहि समयपछि पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विहारका मुनित कुमार यादव, राजाकुमार पास्वान र चन्द्रमान सिंह रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्