हतुवागढीका अग्निपीडितलाई १ लाख रुपैयाँका दरले आर्थिक सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

काठमार्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई उनीहरुले राहत रकम हस्तान्तरण गरेका हुन् ।

यही चैत ३ गते हतुवागढी-७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार रु १ लाखका दरले आर्थिक सहयोग गरेका छन् । आगलागीमा परी पाँच वर्षीय प्रनिष कार्की, सात वर्षीया दिप्सिका कार्की र तीन वर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो । प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई चाँडो सहयोग गर्ने उद्देश्यले घरमै आएर रकम गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् ।

त्यसैगरी मानवीय क्षतिको अगाडि आर्थिक सहयोग नगन्य हुने भएता पनि पीडित परिवारलाई केही राहत होस् भन्ने ठानेर रकम प्रदान गरिएको उनी बताउँछन् । भोजपुरलाई तराईका जिल्लासँग हतुवागढी गाउँपालिका-९ हसनपुर र वेलका नगरपालिका-७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको पुलको मुख्यमन्त्री नेतृत्वको टोलीले अनुगमन गरेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्