गुन्दुकको मूल्य बढ्यो, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज गुन्दुकको मूल्य बढेको छ भने अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार बिहीबार रुख टमाटर १ सय ५० रुपैयाँ, नेपाली ठुलो गोलभेडा न्युनतम ७०, भारतीय ठुलो गोलभेडा ६०, सानो गोलभेडा (टनेल) ८०, आलु रातो ३८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, तितो करेला १ सय २०, लौका ६०, परवर(तराई) १ सय १०, घिरौला ७०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ६०, बरेला ५०, स्कुस ४० रहेको छ । आज रायो साग ४० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ र सौफको साग ९०, जिरीको साग ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

बिहीबार भारतीय हरियो प्याज प्याज हरियो ५० रुपैयाँ, तराई गाजर ३० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ,  ब्रोकाउली ४०, चुकन्दर ५०, कुरीलो ७ सय, सजिवन १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज सेलेरी ९०, पार्सले १ सय ५०, पुदिना १ सय ५०, इमली १ सय ४०, तामा १ सय, तोफु १ सय ५०, गुन्दुक ३ सय, रातो मूला ५० रुपैयाँ, सेतो मूला (हाइब्रीड) ४० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ७०, बोडी(तने) १ सय ९०, मटरकोशा ५० रुपैयाँ, घ्यु सिमि लोकल ६० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ६०, घिउ सिमी (राजमा) १ सय, टाटे सिमि ९० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बकूला ५०, तरुल ७०, कन्य च्याउ १ सय ५०, डल्ले च्याउ २ सय ८०, अदुवा २ सय, हरियो खुर्सानी १ सय २०, सुकेको खुर्सानी ४ सय २०, खुर्सानी हरियो (बुलेट) १ सय २०, खुर्सानी हरियो (माछे) १ सय १०, भेडे खुर्सानी १ सय ५०, हरियो लसुन ९०, हरियो धनिया ४०रुपैयाँमा किनबेच भइरहेको छ । समितिका अनुसार बिहीबार हरियो स्याउ(झोले) २ सय २० रुपैयाँ, स्याउ(फूजी) ३ सय, केरा १ सय ४० दर्जन, अनार २ सय ८०, अंगुर १ सय ४०, कालो अंगुर २ सय, भारतीय सुन्तला १ सय, हरियो तर्बुजा ४५, मौसम १ सय ३०, जुनार २ सय ५० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
यस्तै, आज हरियो छ्यापी  १ सय, ताजा माछा (रहु) ३ सय ४०, ताजा माछा (बचुवा) २ सय ६०, ताजा माछा (छडी) २ सय ६०, ताजा माछा(मुंगरी)३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्