धुमधामका साथ होली मनाउँदै…(फोटो-फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । देशको पहाडी भागमा धुमधामका साथ होली मनाइँदै छ । होली पर्व असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ ।

अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ । हरेक मुलुकमा आ-आफ्नै तरिकाले होली पर्व मनाइन्छ । नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरू भएको मानिन्छ । यसरी सुरू भएको होली पर्व पूणिर्माका दिन चिरलाई ढालेर जलाए पछि होली सम्पन्न हुन्छ । तराईमा भने भोलिपल्ट होली खेलिन्छ । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ ।

हिन्दुहरुले आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी पहाडी होली मनाइ रहेका छन् । विभिन्न प्रकारका रङहरु एकले अर्कालाई दलेर होली पर्व मनाइरहेका छन् । नेपाल घुम्न आएका पर्यटकहरुले पनि मनोरञ्जनका साथ होली मनाइ रहेको दृश्यमा देख्न सकिन्छ । बाँकि फोटो फिचरमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्