श्री एयरलाइन्सले काठमाडौँ अवतरण गरायो थप दुई जहाज

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज काठमाडौँ अवतरण गराएको छ । सो एयरलाइन्सलले मंगलबार ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो ।

एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन-एओके र नाइनएन-एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जनाएका छन् । उक्त जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।

त्यस्तै, थपिएका दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरको भनाइ छ । योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध छन् । कम्पनीका हाल आठ हेलिकोप्टर पनि सञ्चालनमा छन् ।

श्री एयरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका दुई सिआरजे २ सय तथा ७० सिट क्षमताको दुई आर जे ७ सय जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो । सन् २०१९ देखि दुई तथा सन् २०२२ देखि थप दुई ८० सिट क्षमताका जहाज ल्याएको उक्त कम्पनीले जहाज थपेर उडान गन्तव्य विस्तार गरिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्