नेपालमा अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनका लागि भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनका लागि भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह गरेकी छिन् । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआइसिसीआई)को १०औँ वार्षिक साधारणसभामा शुक्रबार उनले यस्तो आग्रह गरेकी हुन् ।

सञ्चारमन्त्री शर्माले नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा कसरी पुर्याउन सकिन्छ र बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याएर अर्थतन्त्रलाई योगदा न दिन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रले काम गर्नुपर्ने बताएकी छिन् । विभिन्न मुलुकसँगको द्विपक्षीय व्यापार प्रवर्द्धन र लगानी वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । भूकम्पपछिको पुन:निर्माणमा इटालीले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै सञ्चारमन्त्री शर्माले नेपालमा बढी पर्यटक पठाउने मुलुकमा इटाली पनि अग्रस्थानमा रहेको जनाएका छिन् ।

त्यस्तै, इटालीका लगानीकर्तालाई नेपालमा थप लगानी बढाउन पनि उनले आग्रह गरिन् । आगामी बैशाखमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा इटालीबाट उल्लेख्य लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरेको उनको भनाइ छ । ‘नेपालले लगानी सम्मेलन आयोजना गर्दैछ । वैदेशिक लगानी भित्र्याउनका लागि थप सहज बनाउन दर्जनभन्दा बढी कानुन ‘फास्टट्र्याक’मा संशोधन हुँदैछन्’, सञ्चारमन्त्री शर्माले भनिन्, ‘सरकारले सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्राथमिकता राखेको छ । नेपालमा यसको सम्भावना पनि राम्रो देखिएको छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्