बिहीबार पुदिनाको मूल्य घट्यो, अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । बिहीबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज पुदिनाको मूल्य घटेको छ भने अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आज भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, गोलभेडा सानो (टनेल) ८०, भारतीय सानो गोलभेडा ७० रुपैयाँ र सानो गोलभेडा तराई ६० रुपैयाँ, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै, भारतीय सुकेको प्याज ६८ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, बन्दा नरिवल १५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) २० रुपैयाँ, भन्टा लाम्चो १५ रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ६०, मटरकोशा ६० रुपैयाँ, लोकल घ्यु सिमि ७०, हाइब्रिड घ्यु सिमि ७०, घ्यु सिमि राजमा १००, टाटे सिमि ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

यस्तै, आज  तितो करेला १ सय , लौका ७०, परवर(तराई) १ सय १० रुपैयाँ, घिरौला ८०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सखरखण्ड ७०, सलगम ७०, भिण्डी ९०, बरेला ४०, पिंडालू १ सय १०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ७० रुपैयाँ, पालुंगो १ सय १० रुपैयाँ, चम्सुरको साग १ सय १० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग १ सय १० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ । समितिका अनुसार  हरियो प्याज ४०, बकुला ५०, तरुल १ सय , कन्य च्याउ १ सय २०, डल्ले च्याउ २ सय ७०, कुरिलो ३ सय ५०, न्युरो ७०, ब्रोकाउली ४०, चुकन्दर ५०, सजीवन २ सय , कोइरालो २ सय ५०, रातो बन्दा ४०, जिरीको साग ४०, ग्याठ कोबी ६०, सेलेरी ८०, पार्सले १ सय ५०, सौफको साग १ सय १०, पुदिना ९०, गान्टे मुला ७०, इमली १ सय ४०, तामा ९०, तोफु १ सय ५०, गुन्द्रुक २ सय ५०, अदुवा २ सय रुपैयाँ रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सुकेको खुर्सानी ४ सय, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १ सय २०, हरियो लसुन ९०, हरियो धनिया ४०, चाइनिज सुकेको लसुन २ सय ६०, नेपाली सुकेको लसुन १ सय ९०, छ्यापी हरियो ९० रुपैयाँ रहेको समितिले जानेको छ । फुजी स्याउ ३ सय, केरा (दर्जन) १ सय ३०, कागती २ सय ४०, अनार २ सय ८०, हरियो अंगुर १ सय ४०, कालो अंगुर २ सय २०, मौसम १ सय ४०, जुनार २ सय ८०, भुई कटहर प्रति गोटा १ सय ४०, रुख कटहर ९०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो ३०, चाइनिज नासपाती २ सय, नेपाली मेवा ८०, भारतीय मेवा ८०, अम्बा २ सय, आभोकाडो ६ सय, किवि ४ सय, किनु १ सय र अमला ८० रुपैयाँ न्युनतम मूल्यमा खरिदबिक्री भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्