चैते धान रोप्न किसान व्यस्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । धादिङका किसान चैते धान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा धान रोप्न व्यस्त भएका हुन् ।

चैतको सुरुआतमै धान रोपिसक्नुपर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाइँ गर्नु परेकाले केही ढिलो भएको नीलकण्ठ नगरपालिका-७ का किसान बलराम अधिकारीले जानकारी दिएका छन् । कृषि विकास कार्यालय धादिङका अनुसार जिल्लाभर २ हजार २ सय ८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

जिल्लामा १० हजार मेट्रिक टन चैतधान उत्पादन हुँदै आएको वरिष्ठ कृषि प्रसार अधिकृत निर्मला गुरुङले बताएकी छिन् । उनले रोपाइँ भर्खर प्रारम्भ भएकाले चैतेधान कति किसानले रोपे भन्ने विवरण सङ्कलन भइनसकेको जनाएकी छिन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्