आँधी खोलामा डुबेर एक बालकको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आँधी खोलामा डुबेर मंगलबार एक बालकको मृत्यु भएको छ । गल्याङ नगरपालिका २ गराङ्दी बस्ने भरत रानाका १४ वर्षिय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो ।

गल्याङ प्रहरी चौकीका अनुसार युनिक ६ जना साथिहरुसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनी राना पानीको रहमा डुबेपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीलाई खबर गरेका थिए । बिहान १०:३० बजे रहमा बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन् ।

रानाको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ । रानासँगै पौडी खेल्न गएका उनका साथीहरुलाइ प्रहरीले सोधपुछ थालेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्