शुक्रबार १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४ सय रुपैयाँले बढेर १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्