शुक्रबार यस्तो छ तरकारी तथा फलफूलको मूल्य…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आज भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, भारतीय सानो गोलभेडा ३० रुपैयाँ र सानो गोलभेडा तराई २५ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ र सेतो आलु ४० रुपैयाँ, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, तराई गाजर ३० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली ज्यापु ६० रुपैयाँ, सेतो मुला लोकल ४० रुपैयाँ, सेतो मुला हाइब्रिड ४० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी १ सय, मटरकोशा ९० रुपैयाँ, लोकल घ्यु सिमि ९०, हाइब्रिड घ्यु सिमि ९०, घ्यु सिमि राजमा ७०, टाटे सिमि १ सय ३० रुपैयाँमा किनबेच भईरहेको छ ।

शुक्रबार तितो करेला ८०, लौका ४०, लोकल परवर १ सय १० रुपैयाँ, परवर तराई ९० रुपैयाँ, चिचिण्डो ८० रुपैयाँ, घिरौला ६०, फर्सी पाकेको ४०, हरियो फर्सी लाम्चो २०, हरियो फर्सी डल्लो १५, भिण्डी ९०, सखरखण्ड ७०, स्कुस ६० रुपैयाँ, रायो साग ७० रुपैयाँ, पालुंगो साग १२० रुपैयाँ, चम्सुरको साग १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ र मेथीको साग १२० रुपैयाँ, हरियो प्याज ५०, कन्य च्याउ २ सय ३०, डल्ले च्याउ ४ सय, कुरिलो ३ सय ५०, न्युरो ८०, ब्रोकाउली ८०, चुकन्दर ६०, सजीवन ७०, कोइरालो २ सय ५०, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी १ सय २०, पार्सले १ सय ६०, सौफको साग १ सय २०, पुदिना १ सय २०, गान्टे मुला ७०, इमली १ सय ४०, तामा ९०, तोफु १ सय ५०, गुन्द्रुक २ सय ५०, अदुवा २ सय ७० रुपैयाँमा कारोबार भईरहेको समितिले जनाएको छ ।

आज सुकेको खुर्सानी ४ सय, हरियो खुर्सानी ७०, खुर्सानी हरियो बुलेट ६०, खुर्सानी हरियो माछे ९०, भेडे खुर्सानी १ सय १०, हरियो लसुन १ सय ५०, हरियो धनिया ६०, चाइनिज सुकेको लसुन २ सय ७०, नेपाली सुकेको लसुन १ सय ८०, छ्यापी सुकेको १ सय ८० रुपैयाँ र छ्यापी हरियो १ सय रुपैयाँ ८०, कालो अंगुर २ सय ८०, तरबुजा हरियो ४५, जुनार २ सय ५०, भुई कटहर प्रति गोटा १ सय ५०, रुख कटहर ७०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २०, नेपाली मेवा ९०, भारतीय मेवा ९०, स्ट्रबेरी ३ सय ५०, आभोकाडो ५ सय ५० र किवि ४ सय ५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्