१ किलो ७ सय ६८ ग्राम सुन र १ करोड ४३ लाख बढी नगदसहित ७ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । १ किलो ७ सय ६८ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका-३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका छन् ।

उक्त व्यक्तिहरु बिहीबार साँझ काठमाडौँको इन्द्रचोकबाट पक्राउ परेका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्