सोमबार ०.०७ अंकले बढ्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा सोमबार नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १७ कम्पनीको ७३ लाख ४१ हजार १ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९५ करोड ९४ लाखमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार पोखरा फाइनान्सको भएको छ । सो कम्पनीको १७ करोड ५४ लाख ७ हजार ५ सय ५२ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्