२७ सय रुपैयाँले घट्यो बुधबार सुनको मूल्य !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सुनको मूल्य ह्वातै घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज २७ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज २७ रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुनको मूल्य पनि २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्