चार सवारी साधन एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु, २२ जना घाइते

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चार सवारी साधन एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु र २२ जना घाइते भएका छन् । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु र २२ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए ।

उक्त दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । हाल उनको परिचय खुल्न सकेको छैन । दुर्घटना पश्चात् राति सडक अवरुद्ध भएको थियो । सोमबार बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिएका छन् ।

घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्