आइतबार १३.५१ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब माथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २५ कम्पनीको ९६ लाख ९७ हजार २ सय ०६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ ।

यसैगरी आइतबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । सो कम्पनीको २२ करोड ६४ लाख १३ हजार २८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी नाफा मल्टीपर्पोज फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्