१६ सय रुपैयाँले बढ्यो बिहीबार सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्