प्रधानमन्त्री ओली टिकटकको प्रतिबन्ध फुकुवा गर्न सकारात्मक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडोँ । सरकारले टिकटकमाथि लगाइएको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । टिकटकले नेपालको नीति-नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकारले टकटकमाथि लगाइएको प्रतिबन्ध खोल्ने तयारी गरेको हो ।

पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली टिकटकको प्रतिबन्ध फुकुवा गर्न सकारात्मक छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्