नेप्से १११.९६ अंकले घट्यो, १८ अर्ब ६४ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३० कम्पनी ४ करोड ३८ लाख ६८ हजार ९ सय ७० कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब ६४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ६५ करोड ४२ लाख ९ हजार ५ सय ८२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

मंगलबारको बजारमा तारागाउँ रेजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्