सुन्धाराबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ११ घर भई हाल काठमाडौँ बस्ने ४१ वर्षीय धिरबहादुर शाही रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शाहीबिरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको  जनाएको छ ।

कालिकोट खाँडाचक्र नगरपालिका ११ घर भएका शाही २०८१ जेठ २८ मा पक्राउ पुर्जी जारी भएसँगै फरार थिए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्