‘सय दिनमा चार हजार ३८ किलोमिटर सडक मर्मत, ६ सयभन्दा बढी सहकारी ठग जेलमा’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनको अवधिमा चार हजार ३८ किलोमिटर सडक मर्मत गरिएको बताएका छन् । सरकारको सय दिन पूरा भएको अवसरमा बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै उनले यसबारे जानकारी दिएका हुन् । उनले आफूले सरकारको नेतृत्व सम्हालेको अवधिमा सडक मर्मत र निर्माणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

यस्तै, प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारवाही सुरु भएको बताए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे । ‘सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारबाही अगाडि बढेको छ, हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, पाँच सय ७५ भन्दा बढी त जेलमै छन्’, प्रधानमन्त्रीले भने ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्